खेलाडी सरुवा

डेलाप लोनमा स्टोक सिटी भित्रिए

लन्डन । म्यानचेस्टर सिटीका युवा फरवार्ड लियम डेलाप लोनमा एक सिजनका लागि इङ्लिस च्याम्पियन्ससिप क्लब स्टोक सिटी अनुबन्धित भएका छन् ।

इङ्ल्यान्डका १९ वर्षीय डेलापले सिटीको सिनियर टिमबाट पाँच खेल खेल्दा एक गोल गरेका छन् ।

उनी गत हप्ता सिटीले बर्नमाउथलाई ४–० ले पराजित गर्दा पनि टिममा थिए । तर, खेलपछि मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले डेलाप चाडै नै लोनमा अन्य क्लब जाने पुष्टि गरेका थिए ।

स्टोकका पशिक्षक मिचेल ओ‘नेइलले यसअघि मंगलबार डेलापलाई क्लबले लोनमा भित्र्याउन लागेको पुष्टि गरिसकेका थिए । डेलाप र सिटीबीच सन् २०२६ जुलाई सम्मको सम्झौता छ ।

डेलापले शनिबार घरेलु मैदानमा हुने सन्डरल्यान्डविरुद्धको खेलसँगै स्टोकबाट ‘डेब्यु’ गर्नेछन् ।