राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता

रोयल र गोल्डेनगेट सेमिफाइनलमा

काठमाडौं । रोयल र गोल्डेनगेट प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा फाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार रोयलले आयोजक नखिपोट युथ क्लब ‘ए’ लाई १०५-२७ ले पराजित गर्यो । रोयलका निकेश मगरले २७ स्कोर गरे । रोयल सबै क्वार्टरमा हावी रह्यो । रोयलले पहिलोमा २७-११, दोश्रोमा २६-४, तेश्रोमा २४-६ र चौथोमा २८-६ अंक जोड्यो ।

गोल्डेनगेटले आइएसए नेपाललाई ६८-५५ ले हरायो । गोल्डेनगेटका अभिषेक सिंहले २३ अंक जोडे । पहिलो क्वार्टरमा २३-१४ को अग्रता लिएको गोल्डेनगेट दोश्रोमा १६-१७ र तेश्रोमा १२-१४ को सामान्य अन्तरले पछि पर्यो । गोल्डेनलगेट चौथोमा १७-१० ले अगाडि रह्यो ।