खेलाडी सरुवा

स्पेनिस रक्षक गोमेज सिटीमा अनुबन्धित

लन्डन । स्पेनिस रक्षक सर्जियो गोमेज इङ्लिस क्लब म्यानचेस्टर सिटी अनुबन्धित भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्डरलेटका २१ वर्षीय रक्षक गोमेजलाई सिटीले ११ मिलियन युरोमा भित्र्याएको हो ।

सिटीले गोमेजलाई चार वर्षे सम्झौतामा क्लब भित्र्याएको हो । उनले सन् २०२५–२६ को सिजनसम्म सिटीबाट खेल्नेछन् ।

‘सिटी इङ्ल्यान्डको उत्कृष्ट टिम हो र विश्वकै उत्कृष्ट प्रशिक्षक पेप ग्वार्डिओलासँग मैले धेरै कुरा सिक्न र आफूलाई विकास गर्न पाउनेछु,’ सम्झौतापछि गोमेजले भने ।

सिटीले गोमेजलाई २१ नम्बर जर्सी दिएको छ । उनले यसअघि स्पेनिस क्लब बार्सिलोना को ‘बी’ टिम र बोरुसिया डर्टमन्डबाट व्यवसायिक फुटबल खेलेका थिए ।