इङ्लिस प्रिमियर लिग

डिओप फुलहममा

लन्डन । इङलिस प्रियिमर लिगको क्लब फुलहमले वेस्ट हमका रक्षक इसा डिओपलाई अनुबन्ध गरेको छ ।

फुलहमले डिओपलाई १५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । वेस्ट हममा एक वर्षको सम्झौता बाँकी रहे पनि उनले फुलहम जाने निर्णय गरेका हुन् । 

उनले फुलहमसँग पाँच वर्षको सम्झौता गरेका हुन् । फुलहमले गत साता प्रिमियर लिगमा लिभरपुलसँग २-२ को बराबरी खेलेको थियो ।

डिओप सन् २०१८ मा वेस्ट हम भित्रिएका थिए । उनले गत सिजन वेस्ट हमबाट १३ खेल मात्र खेलेका थिए ।

नयाँ सिजनका लागि फुलहमले अनुबन्ध गरेका डिओप सातौ खेलाडी हुन् । फुलहमले यसअघि जाओ पाल्हिना,आन्द्रियास पेरेरा, केभिन मबाबु, ब्रेन्ड लिनो, मानोर सोलोमन र सेन डुपेलाई अनुबन्ध गरेको थियो ।