इङ्लिस प्रिमियर लिग

उपाधि खडेरी तोड्ने टोटनहमको लक्ष्य

लन्डन । टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले नयाँ सिजनका आफ्नो टोलीको लक्ष्य प्रिमियर लिग र च्याम्पियन्स लिग जित्ने रहेको बताएका छन् ।

टोटनहनमले साउथहमटनविरुद्धको खेलसँगै प्रिमियर लिगको नयाँ सिजनको यात्रा थालनी गर्नेछ । टोटनहमले चौथो स्थानमा बस्दै गत सिजनको अन्त्य गरेको थियो ।

टोटनहमले शीर्ष चार पक्का गर्दै च्याम्पियन्स लिगमा स्थान बनाउने क्रममा आर्सनललाई दुई अंकले पछि पारेको थियो ।
टोटनहम सरुवा बजारमा निकै सक्रिय देखिएको थियो ।  टोटनहमले सन् २००८ देखी कुनै पनि उपाधि जित्न सकेको छैन ।

टोटनहमले नयाँ सिजनका लागि गत सिजन एभर्टनका लागि सर्वाधिक गोलकर्ता रहेका रिचार्लिसनका साथै इभान पेरिसिच, याभिस बिसोउमा, डिएड स्पान्सलाई अनुबन्ध गरेको छ । 

त्यसैले पनि २०२२-२३ सिजनका लागि टोटनहमले ठूलो अपेक्षा राखेको छ ।

‘हामी च्याम्पियन्स  लिग र प्रिमियर लिगको उपाधि जित्न चाहान्छौ’, कोन्टेले भने,'हामी उपाधि खडेरी तोड्न चाहनछौ । हामी सुधारिएको प्रदर्शन गर्छौ । हामी  गत सिजनको लय कायम राख्दै थप उत्कृष्ट नतिजा ल्याउने प्रयासमा छौ । त्यसका लागि सबै पक्षमा सुधार गर्न आवश्यक छ ।

कोन्टेले शनिबार साउथहमटनविरुद्ध हुने खेलमा मिडफिल्डर ओलिभर स्किपका साथै बिसोउमा अनुपस्थित रहने बताए ।