इङ्लिस प्रिमियर लिग

बायर्नका रक्षक रिचार्डस प्यालेसमा

लन्डन । क्रिस्टल प्यालेसले जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखका रक्षक क्रिस  रिचार्डसलाई पाँच वर्षको लागि अनुबन्ध गरेको छ ।

अमेरिकाको राष्ट्रिय टोलीबाट आठ खेल खेलिसकेका रिचार्डसले पछिल्लो दुई सिजन होफेनहेइममा लोनमा बिताएका थिए । होफेनहेइमबाट उनले कुल ३४ खेल खेलेका छन् । 

युभेन्ट्सका रक्षक माटियास डी लिज्टलाई अनुबन्ध गरेपछि बायर्न रिचार्डसलाई प्यालेसमा पठाएको हो ।

प्यालेसले बुधबार आफ्नो आधिकारीक पेजमार्फत  रिचार्डसलाई लामो समयका लागि अनुबन्ध गरेको जनाएको छ । प्यालेसले २२ वर्षीय रिचार्डसलाई ८.५ मिलियन युरोमा अनुबन्ध गरेको हो । 

सन् २०१८ मा बायर्न आएका उनले सो क्लबबाट मात्र १० खेल खेलेका छन् । 

‘म प्रिमियर लिग हेर्दै हुर्केको थिए । त्यस्तै वेल्फर्ड जाहाँ मलाई मन पर्ने खेलाडी हुन् । अब म उनकै टोलीको सदस्य भ एको छु,’ रिचार्डसले भने, ‘त्यसैले म मैदान उत्रन उत्साही छु ।’