टेस्ट

दोस्रो टेस्टमा श्रीलंकाको जित

गाले । प्रबात जयसुर्याले पाँच विकेट लिएपछि श्रीलंकाले बिहीबार दोस्रो टेस्टमा पाकिस्तानलाई दुई सय ४६ रनले पराजित गर्दै दुई टेस्टको शृंखलामा १-१ को बराबरी गरेको छ ।

श्रीलंकाले प्रस्तुत गरेको पाँच सय आठ रनको लक्ष्य पछ्याएको पाकिस्तान दुई सय ६१ रनमा सीमित भयो ।

पाकिस्तानका कप्तान बाबर आजमले ८१ र ओपनर इमाम अल हकले ४९ रन जोडे । त्यस्तै मोहम्मद रिजवानले ३७ र यासिर शाहले २७ रन जोडे ।

जयसुर्याले ३० ओभरमा एक सय १० रन खर्चदै पाँच विकेट लिए । त्यस्तै रमेश मेन्डिसले चार विकेट लिए ।
गत साता पहिलो टेस्टमा चार विकेटको जितसहित पाकिस्तानले दुई टेस्टको शृंखलमा १-० को अग्रता लिएको थियो ।

पहिलो इनिङमा श्रीलंकाले तीन सय ७८ रनको योगफल तयार पार्दा पाकिस्तान भने दुई सय ३१ रनमा सीमित भएको थियो । पहिलो इनिङमा एक सय ४७ रनको अग्रता लिएको श्रीलंकाले  ३६०-८ मा दोस्रो इनिङ समाप्तीकाे घोषणा गरेपछि पकिस्तानले जितका लागि पाँच सय आठ रनको लक्ष्य पाएको थियो । 

दोस्रो इनिङमा थप तीन सय ६० रन जोडेपछि पाकिस्तानले पाँच सय आठ रनको कीर्तिमानी लक्ष्य पाएको हो ।

यसअघि श्रीलंकाले गत महिना अस्ट्रेलियाविरुद्धको दुई टेस्टको शृंखला पनि १-१ को बराबरी गरेको थियो । पहिलो टेस्ट गुमाएको पाकिस्तानले दोस्रो टेस्टमा पुनरागमन गरेको थियो