इङ्लिस प्रिमियर लिग

एन्फिल्डले नयाँ सिजनका लागि थप खेलाडी अनुबन्ध गर्दैनः क्लोप

लन्डन । लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले नयाँ सिजनक लागि अब एन्फिल्डमा कुनै खेलाडी नभित्रने दाबी गरेका छन् ।

लिभरपुलले २०२२-२३ सिजनका लागि डार्विन नुनेज, फाबियो कार्भाल्हो र केल्भिन रामसेलाई अनुबन्ध गरिसकेको छ । तर केही दिन अघिबाट लिभरपुलले नयाँ मिडफिल्डर भित्राउन लागेको खबर सार्वजनिक भएको थियो ।

जसअनुसार लिभरपुल बोरुसिया डर्टमन्डका जुड बेलिङघम र स्पोर्टिङ सिपीका  म्याथ्युस नुनेसलाई भित्राउन इच्छुक रहेको बताइएको थियो । तर क्लोपले भने ती सबै खबर झुटो भएको बताए । 

‘कुनै खेलाडीमा गम्भिर चोट लागेमा वा कोही खेलाडी बिक्री गरेपछि मात्र हामी एन्फिल्डमा नयाँ खेलाडीको अनुबन्ध बारे सोच्ने छौ, क्लोपले भने, ’नयाँ सिजनका लागि अब हामी नयाँ खेलाडी अनुबन्ध गदैैनौ ।'

लिभरपुलले गत सिजन एफए कप र इङलिस लिग कपको उपाधि जितेको थियो । त्यस्तै लिभरपुलले प्रिमियर लिगको दोस्रो स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो ।  च्याम्पियस लिग फाइनलमा भने लिभरपुल रियाल मड्रिडसँग पराजित भएको थियो ।