बार्सिलोना

राफिन्होको गोलमा बार्सिलोनाको जित

मड्रिड । रोबर्ट लेवान्डोवस्कीलेले डेब्यु गरेको खेलमा बार्सिलोनाले शनिबार प्रि–सिजन ‘एल क्लासिका भिडन्तमा रियाल मड्रिडलाई १–० ले हराएको छ ।

२७औं मिनेटमा राफिन्हाले गरेको गोल बार्सिलोनाको जितका लागि पर्याप्त बन्यो । लेवान्डोवस्की बायर्न म्युनिख र राफिन्हा लिड्सबाट यसै सिजन मात्र क्याम्प नोउ भित्रिएका थिए । 

रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले स्टार खेलाडीहरुलाई बेन्चा राखेका थिए । उनले लुका मोडरिच, टोनी क्रुज र कासिमिरोलाई मैदानबाहिर बेन्चमा राखेका थिए । एन्सेलोट्टीले औरेलिन, र्फेल्यान्ड मेन्डी र इडुवार्डो कमाभिगानालाई पहिलो रोजाईमा मैदान उतारेका थिए । 

एन्सेलोेट्टीले मोडरिच, कासिमिरो र क्रुजलाई दोस्रो हाफमा मैदान उतारेका थिए । 

त्यस्तै बार्सिलोनाका प्रशिक्षक जाभीले पनि दोस्रो हाफमा पेड्री र सर्जियो बुस्केटस्लाई मैदान उतारेका थिए ।