जर्मन बुन्डेसलिगा

डी लिज्ट बायर्न आउन चाहन्छन्– कान

बर्लिन । बायर्न म्युनिखका फुटबल कार्यकारी निर्देशक ओलिभर कानले मााटियास डी लिज्ट बुन्डेसलिगा च्याम्पियनमा बन्न चाहेको बताएका छन् ।

२२ वर्षीय सेन्टर ब्याक लिज्टको लागि युभेन्ट्स र बायर्नकीच यसै साता छलफल भएको छ । नयाँ सिजन सुरु हुनुअघि लिज्ट बुन्डेसलिगामा आउने प्रवल सम्भावना देखिएको छ ।

युभेन्ट्समा लिज्टको अझै दुई वर्षको सम्झौता बाँकी छ । जसमा उनको फुकुवा रकम एक सय २० मिलियन युरो छ । तर, युभेन्ट्सले ९० मिलियन युरोको माग गरे पनि बायर्नले ६० मिलियन युरो र बोनसको प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

‘हामीले छलफल गरेका थियौ । लिज्ट बायर्न आउन चाहन्छन्,’ कानले भने, ‘हामी अझै छलफल गर्नेछौ । त्यसपछि हेरौ के हुन्छ ।’

युभेन्ट्सले गत सिजन चौथो स्थानमा रहँदै सिजनको अन्त्य गरेको थियो ।