भिएनएल

भिएनएलः महिलातर्फ फाइनलमा ब्राजिल र इटाली भिड्दै

अंकारा । टर्कीको राजधानी अंकारामा जारी भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत आइतबार महिलातर्फको फाइनलमा इटालीको सामना गर्दा  साविक उपविजेता ब्राजिल सुखद नतिजासहित च्याम्पियन बन्ने योजनाका साथ मैदान उत्रनेछ । 

पहिलो पटक भिएनएलको फाइनल प्रवेश गर्ने क्रममा  इटालीले शनिबार सेमिफाइनलमा आयोजक टर्कीलाई २५–१८, २८–२६, २५–२२ को सोझो सेटमा हराएको थियो । 

अघिल्ला तीन संस्करणमा सेमिफाइनलमा राेकिएकाे  टर्की चौथों पटक पनि फाइनल प्रवेश गर्न सकेन । 

शनिबारै भएको अर्काे सेफिाइनलमा पछिल्लो दुई सिजनदेखि उपविजेता रहेको ब्राजिलले विश्व च्याम्पियन सर्बियालाई १४–२५, २५–१८, २६–२४, २५–१९ को सेटमा हराउँदै फाइनल पुग्यो ।