इटालियन सिरी ए

उपाधि रक्षा गर्नेमा जिरौउड विश्वस्त

मिलान । ओलिभर जिरौउडले एसी मिलान इटालियन सिरी ‘ए’ को उपाधि रक्षाको लक्ष्यमा रहेकाले तयारी पनि त्यही अनुसार भैरहेको बताएका छन् ।

मिलानले शनिबार अभ्यास खेलमा क्लोनमाथि २-१ को जित निकालेको थियो । मिलानका लागि दुवै गोल जिरौउडले गरेका थिए । क्लोनका फ्लोरियनले एक गोल गरे ।

मिलानले सन् २०११ पछि पहिलो पटक गत सिजन सिरी ‘ए’ को उपाधि जितेको थियो ।

‘यो रातो र कालो जर्सीमा हामीलाई सिरी ’ए' को उपाधि जित्दा निकै सुहाउँछ,'  जिरौउडले भने, ‘म हाम्रो समर्थकहरुलाई सानो सन्देश दिन चाहन्छु की हामी इटालीको च्याम्पियन भन्न पाउँदा गर्व गर्छौ । हाम्रो तयारी पनि राम्रो भैरहेको छ । हामी उपाधि रक्षा गर्नेमा विश्वस्त छौ ।’

मिलानले  यस सिवनका लागि मिडफिल्डर यासिन आदिल र तोमासो पोबेगालाई टोलीमा समावेश गरेको छ ।