सरुवा बजार

सानेप्रति मड्रिडको चासो

बर्लिन । रियाल मड्रिडले यो सिजन बार्यन म्युनिखका विंगर लिरोय सानेलाई अनुबन्ध गर्ने सक्ने प्रवल सम्भावना देखिएको छ ।

जर्मन विंगरलाई क्लबमा अनुबन्ध गर्न मड्रिडले म्युनिखलाई प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खुलाएका छन् ।

जर्मन स्टार सानेले यसअघि २०१६–२० सम्म म्यानचेस्टर सिटीमा बिताएका थिए ।

सन् २०२० मा जर्मन क्लब म्युनिखमा उनी ४५ मिलियन पाउन्डमा अनुबन्धित भएका थिए ।

गएको सिजन बुन्डेसलिगका ३२ खेलमा सात गोल र सात असिस्ट गरेका २६ वर्षीय लेफ्ट विंगर सानेले बायर्नका लागि हालसम्म ८९ खेलमा २४ गोल गरेका छन् ।

यस्तै सन् २०१५ देखि जर्मनीको राष्ट्रिय टिमबाट खेलिरहेका उनले हालसम्म ४५ क्याप जित्दा ११ गोल गरेका छन् ।