चैत्र १२, २०८२ बिहीबार | १९:४१:४२
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै
शनिबारको दिन नेपालमा रग्बी

नेपालमा कसरी अघि बढ्दै छ रग्बी ?

औपचारिक इतिहासमा रग्बीको उमेरले नेपाली खेलकुदमै साढे दुई दशक काटिसक्यो ।

व्यवहारमा चाहिँ ?

उत्तरसँगै प्रतिप्रश्न आउँछ, ‘रग्बी भन्ने खेल कस्तो हुन्छ ?’

यही हो नेपाली रग्बीको वास्तविकता । रग्बीले आफ्नो स्वभाव, सौन्दर्य र महत्व चिनाउन सकेको छैन । २०५२ सालमै राष्ट्रिय खेलकुद परिषद्मा ३७औं संघको रूपमा दर्ता भए पनि रग्बी खेल अझै बामे सर्दै छ । शिशु अवस्थामा रहेरै संघर्ष गर्दै छ । यसले नेपाली खेलप्रेमीमाझमा आफूलाई पुर्याउन सकिरहेको छैन । पछिल्लो समय भने अवस्था फेरिएको छ । नेपाल रग्बी संघका पूर्वअध्यक्ष टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषदमा सदस्यसचिवका रूपमा कार्यकारी प्रमुखको जिम्मेवारी पाएपछि यो खेल देखिने गरी चल्मलाउन थालेको छ ।

घिसिङ नेपाली खेलकुदको कार्यकारी प्रमुख भएपछि एकाएक महत्व पाएको रग्बीबाट असार ८ गते पहिलो पटक राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय रग्बी १५ खेल्यो । ढाकामा घरेलु टोली बंगलादेशविरुद्धको खेलमार्फत रग्बी १५ मा प्रवेश गरेपछि बल्ल नेपालको विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्ने ढोका खुलेको छ । यसअघि नेपालले ७ खेलाडीले खेल्ने सेभेन ए साइड रग्बीमा मात्र भाग लिँदै आएको थियो ।

छिमेकी भारतसँगै दक्षिण एसियाकै अर्को देश श्रीलंकामा पनि रग्बीको रवाफ तुलनात्मक रूपमा माथि छ । नेपालमा भने पुरानो खेल भए पनि क्यालेन्डर फेर्नुभन्दा माथिको गतिविधि हुन नसक्दा रग्बीले खासै प्रभाव जमाउन सकेको छैन । त्यसो त संस्थागत रूपमा दर्ता हुनुअघि पनि नेपालमा रग्बी प्रतियोगिता हुने गरेको थियो । तर, त्यो अत्यन्तै सीमित दायराभन्दा बाहिर पुग्न सकेको थिएन ।

घिसिङ नेपाली खेलकुदको कार्यकारी प्रमुख भएपछि एकाएक महत्व पाएको रग्बीबाट असार ८ गते पहिलो पटक राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय रग्बी १५ खेल्यो । ढाकामा घरेलु टोली बंगलादेशविरुद्धको खेलमार्फत रग्बी १५ मा प्रवेश गरेपछि बल्ल नेपालको विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्ने ढोका खुलेको छ । यसअघि नेपालले ७ खेलाडीले खेल्ने सेभेन ए साइड रग्बीमा मात्र भाग लिँदै आएको थियो ।

स्थापनाको १५ वर्षसम्म निद्रामै रहेको रग्बीलाई पुनर्जीवन दिने काम २०६८ सालमा भएको थियो । घिसिङको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिले त्यतिबेला सुस्ताएको रग्बीलाई ब्युँताउने काम गरेको थियो ।

सात वर्षअघि भारतमा भएको प्रि–ओलम्पिक छनोटको सहभागिता नेपाली रग्बीको पहिलो अन्तर्राष्ट्रिय पाइला थियो । त्यसयता नेपालले सेभेन ए साइड एसियन ट्रफीमा निरन्तर सहभागिता जनाउँदै आएको छ ।

तर, भौतिक संरचनाको अभाव र निरन्तर प्रशिक्षणको कमीका कारण नेपाली रग्बीको स्तर माथि उठ्न सकेको छैन । संघले बर्सेनि क्लब र विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरिहेको प्रशिक्षक विनोद तामाङ बताउँछन् । तर, नेपाली खेलकुदको भिडमा समर्थकका बीच आफूलाई चिनाउन नसकेको उनी स्वीकार्छन् ।

दुई खेलाडीबाट राष्ट्रिय टिम निर्माण

फुटबल, क्रिकेट, भलिबल र बास्केटबलजस्ता टिम खेलहरूको राज रहेको नेपाली खेलकुदमा रग्बी खेल्ने उत्सुक युवा पाउनु नै ठूलो कुरा हो । महिलाको हकमा त यो समस्या झनै बढी छ ।

सुरुमा महिला टोली निर्माण गनु नै संघको सबैभन्दा ठूलो चुनौती थियो । रग्बीका महिला खेलाडी नभएको अवस्थामा संघले टोली निर्माणको जिम्मा प्रशिक्षक तामाङलाई दियो । उनले सुरुमा दुई खेलाडीबाट नेपाली महिला रग्बी टोली निर्माणको अभियान थाले । उनले खेलकुदकै अन्य विधामा सक्रिय रहेका महिला खेलाडी खोज्न थाले ।

फुटबल, भलिबल, बास्केटबलका महिला खेलाडीलाई जम्मा पारेर प्रशिक्षण सुरु गरे । प्रशिक्षणमा रहेका मध्येबाट उत्कृष्ट १२ खेलाडी छनोट गर्दै सन् २०१६ मा पहिलो राष्ट्रिय महिला रग्बीे टिम तयार भयो । त्यही टिमले पहिलो पटक नेपालबाट अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता खेल्यो । त्यो प्रतियोगिता थियो, भारतको चेन्नईमा भएको एसियन डेभलपमेन्ट सिरिज ।

‘सुरुमा टिम बनाउन गाह्रो भएकै हो । तर, अहिले अवस्था त्यस्तो छैन । किनभने नेपाली रग्बीमा पुरुषभन्दा महिला खेलाडीलाई धेरै अवसर छ । महिला रग्बी खेलाडी उत्पादनका लागि धेरै विदेशी प्रोजेक्टहरू आइरहेका हुन्छन्,’ तामाङले भने ।

त्यसयता नेपाली महिला रग्बीले एसियन ट्रफी च्याम्पियनसिप खेल्दै आएको छ । सन् २०१७ मा लाओसमा एसियन च्याम्पियनसिप खेलेको महिला टोलीले २०१८ मा ब्रुनाईमा सहभागिता जनायो । अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आए पनि नतिजा भने सम्झनयोग्य छैन ।

यसबीचमा नेपाली रग्बीलाई प्रतिनिधित्व गर्दै २५ महिला खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । महिला रग्बीकै लागि मात्र देशभर करिब दशकभन्दा बढी प्रशिक्षण केन्द्र छन् । तर वर्तमानमा राष्ट्रिय टोलीसँग आठ खेलाडीको मात्र साथ छ । त्यसैले अर्को महिना इन्डोनेसियामा हुने एसियन च्याम्पियनसिपका लागि बलियो टिम बनाउन प्रशिक्षकलाई चुनौती छ ।

महिलामा अझै सेभेन ए साइडमात्र

पुरुषतर्फ रग्बी १५ मा प्रवेश गरे पनि नेपालको महिला रग्बीले सेभेन ए साइडको घेरा तोड्न सकेको छैन । महिला टोलीको स्तर खोज्ने त बेलै भएको छैन ।

बंगलादेशसँगको खेलबाट नेपाली पुरुष टोलीको डिभिजन थ्री खेल्ने बाटो खुलेको छ । तर, दक्षिण एसियामै माथि उठ्न नसकेको नेपालका लागि रग्बीको डिभिजन प्रतियोगिता खेल्न त्यति सहज भने छैन । त्यसका लागि नेपालले रग्बीको कुनै मान्यताप्राप्त प्रतियोगिता जित्नुपर्ने छ ।‘हाम्रो विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्नका लागि मात्रै बाटो खुलेको छैन । विश्व रग्बीको आधिकारिक प्रतियोगिता खेल्न पाउने ढोका पनि खुलेको छ,’ प्रशिक्षक तामाङले भने, ‘तर, डिभिजनमा प्रवेश गर्न वा विश्वकप छनोट खेल्नका लागि हामीले महासंघको कुनै एउटा आधिकारिक प्रतियोगिता जित्नुपर्ने हुन्छ । संघ जति सक्रिय भए पनि भौतिक संरचनाको अभावका कारण अन्य खेलको दाँजोमा हामीलाई बढी समस्या छ ।’

अन्तर्राष्ट्रिय रग्बीको मूलधारमा पुरुष टोली प्रवेश गर्नुलाई उत्साहजनक उपलब्धि मान्ने प्रशिक्षक तामाङ अगाडि थप्छन्, ‘पुरुष टोलीका लागि पनि अगाडि बढ्न गर्नुपर्ने काम थुप्रै छन् । साथमा अब महिला टोलीलाई पनि महासंघको आधिकारिक प्रतियोगितामा प्रवेश गराउन हामी लागिपर्ने छौं ।’

नेपालमा हेपिएको रग्बी

पछिल्लो समय सक्रिय रूपमा अगाडि बढ्दै विश्वकपको सपना देखेको यो खेल देशभित्र भने हेपिएको अवस्थामा छ । खेलकुदको अभिभावक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नै रग्बीलाई बृहत खेलकुद प्रतियोगितामा अटाउन सकेको छैन । प्रदेश एकमा भएको सातौं राष्ट्रिय खेलकुदमा रग्बी प्रदर्शनी खेलको हैसियतमा मात्र थियो । तथापि त्यसले संघसँगै खेलाडीमा समेत उत्साह थपेको थियो ।

परिषदको तत्कालीन नेतृत्वले पहिलो पटक प्रदर्शनी खेलमा सीमित गरिए पनि आठौं संस्करणदेखि बृहत राष्ट्रिय खेलकुदको प्रतिस्पर्धात्मक हिस्सा बनाउने वाचा गरेको थियो । तर, पूर्वाञ्चलको विराटनगरमा गरिएको त्यो वाचा मध्यपश्चिमाञ्चलको नेपालगन्ज पुग्दा हराइसकेको थियो । नेपालगन्जलाई केन्द्र बनाएर तत्कालीन मध्यपश्चिमका विभिन्न जिल्लामा आयोजित आठौं राष्ट्रिय खेलकुदमा पनि अटाएन ।

नेपालमा यो खेल नफस्टाउनुको कारण देशभित्र महत्व नपाउनुमात्र नभएको प्रशिक्षक तामाङको बुझाइ छ । दक्षिण एसियाली खेलकुद (साग)मा पनि नपर्दा समग्रमा रग्बी दक्षिण एसियामै माथि आउन नसकेको उनी बताउँछन् ।

‘दक्षिण एसियामा, अझ हाम्रो जस्तो देशका लागि साग नै विश्वकप जस्तो हो । केही खेल संघ र खेलाडीको लक्ष्य एसियाडसम्म होला । तर, रग्बी सागमा समेत नअट्नुले हामी पछि परेका छौं जस्तो लाग्छ,’ उनले गुनासो गरे, ‘हामीले नेपाली समजामा रग्बी खेल के हो ?, यो सोचेजति जोखिमयुक्त छैन भन्ने नै बुझाउन सकेका छैनौं । राष्ट्रिय प्रतियोगितामा, सागमा हामी अट्न सकेको भए नेपाली रग्बीको क्रेज र स्तर नै अर्कै हुने थियो ।’

फेरि एकपल्ट रग्बीले बृहत खेलकुद प्रतियोगितामा स्थान पाउने पक्का भएको छ । गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म हुने तय भएको नवौं राष्ट्रिय खेलकुदमा रग्बीलाई समावेश गरिसकिएको छ । पूर्वअध्यक्ष नेपाली खेलकुदकै ‘सुप्रिमो’ हुँदा यति त रग्बीको हक पनि लाग्छ नि !