स्पेनिस ला लिगा

राफिन्हा बार्सिलोनामा

मड्रिड । स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले लिड्सका स्ट्राइकर राफिन्हासँगको अनुबन्ध प्रक्रिया पूरा गरेको छ । 

बार्सिलानाले राफिन्हालाई ५५ मिलियन पाउन्डमा अनुबन्धन गरेको हो । इल्यान्ड रोडमा दुई सिजन बिताएका राफिन्हाले टोलीका लागि ६७ खेलमा १७ गोल गरेका छन् ।

राफिन्हालाई भित्राउन प्रिमियर लिगका केही क्लबले इच्छा देखाउँदै आएको थियो । जुन दौडमा बार्सिलोनाले बाजी मारेको हो ।

यसअघि नै दुई पक्षबीच सैद्धान्तिक सहमती भए पनि स्वास्थ्य परिक्षणपछि मात्र बार्सिलोनाले शुक्रबार औपचारिक रुपमा राफिन्हालाई क्याम्प नोउमा सार्वजनिक गरेको हो ।

राफिन्हाका लागि बार्सिलोनाबाट खेल्नु एउटा सपना हो , लिड्सका प्रशिक्षक जेसी मार्चसले भनेका थिए, ‘उनी क्लबबाट बाहिरिनु नराम्रो हो तर हामी कुनै खेलाडीको लागि आएको अवसरमा बाधक बन्न सक्दैनौ । उनलाई थप सफलताको शुभकामना ।’