जर्मन बुन्डेसलिगा

लिपजिकमै प्रतिबद्ध छुः एनकुन्का

बर्लिन ।  जर्मन बुन्डेसलिगाको क्लब आरबी लिपजिका क्रिस्टोफर एनकुन्कुले नयाँ सिजनका लागि पनि क्लबमै प्रतिबद्ध रहे पनि त्यसले भविष्यम अन्यत्र जाने बाटो बन्न नहुने बताएका छन् ।

फ्रान्सका मिडफिल्डर एनकुन्कु सन् २०१९ मा फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट लिपजिक आएका थिए । उनको र लिपजिकको सम्झौता सन् २०१६ सम्म कायम छ ।

उनले गत सिजन सबैखाले प्रतियोगितामा ३५ गोल गरेका थिए भने १६ गोलका लागि असिस्ट गरेका थिए । 

उनी लिपजिकले  पहिलो पटक डीएफबी-पोकलको उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए ।

‘मैले आरबी लिपजिकसँग सम्झौता नबिकरण गरिसकेको छु । म यहाँको वातावरणमा रमाइरहेको छु । मलाई यो मेरो परिवारजस्तै लाग्छ', उनले भने, टोलीलाई लिग च्याम्पियन बनउने मेरो लक्ष्य अझै पूरा भएको छैन । त्यसैले म तत्काल क्लब छेड्ने पक्षमा छेैन ।'