एलपीएल

एलपीएल सातौं संस्करण कात्तिकमा

धनगढी । लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्टसको आयोजनामा कात्तिक १३ गते देखी सातौं संस्करणको लिटल फ्लावर प्रिमियर लिग ( एलपीएल ) हुने भएको छ ।

धनगढीमा कात्तिक २६ गते सम्म संचालन हुने प्रतियोगिता विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।  

प्रतियोगिताको विजेताले २ लाख ५१ हजार १५१ रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै उपविजेताले १ लाख २५ हजार १२५ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्लेयर अफ द सिरिजले ३० हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र बलरले  समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन । 

प्रतियोगितामा १० टिमको सहभागिता रहने भएको छ । सहभागी प्रत्येक टिमले ४ जना यु-१९ राष्ट्रिय टिमका खेलाडीहरु समाबेश गर्न पाउने प्रावधान छ ।