भिएनएलः सेमिफाइनल समिकरण पूरा

अंकारा । पाओला एगोनुको ३६ अंकप्रेरित इटाली पहिलो पटक भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टर्कीको राजधानी अंकारामा बिहीबार भएको क्वार्टरफाइनलको दोस्रो दिनमा इटालीले चीनलाई ३–१ को सेटमा सेमिफाइनलमा स्थान पक्का गर्यो ।

गत वर्ष पाँचौ स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको चीनमाथि १२औं स्थानमा रहेको इटालीले २५–२२, २५–१९, २४–२६, २५–२२ को सेटमा जित निकाल्यो ।

बिहीबारै भएको खेलमा आयोजक टर्कीले थाइल्यान्डलाई २३–२५, २५–१५, २५–१८, २५–२१ को सेटमा हराउँदै सेमिफाइनलमा पुग्यो ।

क्वार्टरफाइनलको यो अन्तिम खेल सकिएसँगै भिएनएल महिलातर्फको सेमिफाइनल समिकरण पुरा भएको छ ।

बुधबार भएको क्वार्टरफाइनलको पहिलो दिनमा साविक उपविजेता ब्राजिल र सर्बिया सेमिफाइनलमा पुगिसकेका छन् ।

सेमिफाइनलमा  ब्राजिलले शनिबार सर्बियासँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

प्रारम्भिक चरणका खेलहरुमा मध्यम खेल प्रदर्शन गरेको सर्बियाले क्वार्टरफाइनलमा साविक विजेता अमेरिकालाई ३–२ को प्रतिस्पर्धामा हराउँदै पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो ।

गत सिजन प्रारम्भिक चरणबाटै बाहिरिएको सर्बिया तालिकाको १३औं स्थानमा थियो ।

दोस्रो सेमिफाइनलमा टर्की र थाइल्याडबीच प्रतिस्पर्धा हुनेछन् । फाइनल खेल आइतबार हुनेछ ।