इङ्लिस प्रिमियर लिग

एभर्टन बिक्रिमा छैनः मोसिरी

लन्डन । इङलिस प्रिमियर लिगको क्लब एभर्टनका मालिक फरहाद मोसिरीले क्लब बिक्रीमा रहेको बताएका छन् । 

एभर्टनले गत सिजन १६औं स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो । सन् २००३-४ सिजन पछि यो एभर्टनको सबै भन्दा खराब सिजन थियो । २००३-४ सिजनमा एभर्टन १७औं स्थानमा रहेको थियो ।

एभर्टनले सिजनको अन्त्यतिर राफेल बेनिटेजलाई बर्खास्त गर्दै फ्रयांक लाम्फार्डलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । 

सन् २०१६ मा मोसिरीले क्लब लिएपछि हाल सम्म एभर्टनमा ६ प्रशिक्षक परिवर्तन भैसकेका छन् । 

आर्थिक संकटबाट गुज्रिरहेको भन्दै मोसिरी क्लब बेन्चे सोचमा पुगेको बताइएको थियो । एभर्टनले हाल नयाँ रंगशाला निर्माण गरिरहेको छ ।
एभर्टनले जुनको अन्त्यमा रिचार्लीसनलाई ५० मिलियन  पाउन्डमा टोटनहमलाई बेचेको थियो ।

‘क्लबमा लगानी बढाउने कुरा उठिरहेको छ तर यसको अर्थ हामी क्लब बेन्चे तयारीमा छौ भन्ने होइन’, मोसिरीले भने, ‘यो क्लब बिक्रीम छैन । हामी बाहिर भनिएजस्तो आर्थिक संकटमा पनि छैनौ ।’