इङ्लिस प्रिमियर लिग

जाहा प्यालेसमै रहनेमा भियरा विश्वस्त

लन्डन । इङलिस प्रिमियर लिगको क्लब क्रिस्टल प्यालसका प्रशिक्षक प्याट्रिक भियराले नयाँ सिजनमा पनि विल्फर्ड जाहा आफूहरुसँगै रहने बताएका छन् ।

केही दिन अघि जाहा इटालियन सिरी ‘ए’ को क्लब एएस रोमा जान इच्छुक रहेको खबर सार्वजनिक भएको थियो ।

सन् २०२१-२२ सिजनमा पनि जाहा प्यालेसका लागि महत्वपूर्ण खेलाडी साबित भएका थिए । उनले गत सिजन प्रिमियर लिगमा १४ गोल गरेका थिए ।  

प्यालेस र जाहाबीचको सम्झौता एक सिजनका लागि मात्र बाँकी छ । रोमाले जाहालाई भित्राउने इच्छा देखाउँदै आएको छ । प्यालेस प्रि-सिजन भ्रमणका लागि अस्ट्रेलिया र सिंगापुरको भ्रमणमा रहेको छ तर सो टोलीमा जाहा भने सहभागी छैनन् ।

‘सरुवा बजार बन्द नहुँदा सम्म अनेक चर्चा चल्छ र यो स्वभाविक पनि हो,’भियराले भने, ‘जाहा यस सिजन पनि हामीसँगै हुन्छन् । उनी हाम्रो टोलीका प्रमुख खेलाडी हुन् ।’