एनएसएल

'सम्झौता रद्द'बारे स्पष्ट हुन एनएसएल आयोजक एन्फामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल सुपर लिग (एनएसएल)का पदाधिकारीबीच आइतबार भएको छलफलबाट मिलेर अगाडि बढ्ने निष्कर्ष निस्केको छ । एनएसएलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) र निर्देशक श्रीयान्स कार्कीे एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरीष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राईबीच एन्फा मुख्यालयमा छलफल भएको थियो ।

‘शुक्रबार सञ्चारमाध्यममा आएका समाचारबारे बुझ्न आउनु भएको रहेछ,’ महासचिव किरण राईले खेलाडीसँग भने, ‘सामान्य छलफल भयो । बाँकी निर्णय आगामी कार्यसमिति बैठकले गर्नेछ ।’

शुक्रबार एन्फाका उच्च पदस्थ पदाधिकारी र एनएसएल आयोजनाप्रति असन्तुष्ट क्लबहरूसँगको छलफलले सम्झौता रद्दको प्रक्रियामा जाने निर्णय गरेको थियो । एन्फाको साउन २ गते बस्ने कार्यसमिति बैठकमा एनएसएलको आयोजक नेपाल स्र्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्राली (एनएसइएम)सँगको चार वर्षे सम्झौता रद्द गर्न प्रस्ताव हुने तय भएको छ ।

सोही विषयमा जानकारी लिन आइतबार दिउँसो १ बजे एनएसएलका सिइओ शर्मा र निर्देशक कार्की एन्फा मुख्यालय पुगेका थिए ।