श्याम थापा

पूर्व प्रशिक्षक थापा मोहन बगान रत्नबाट सम्मानित हुने

कोलकाता । भारतीय फुटबल टिमका पूर्व फरवार्ड श्याम थापा मोहन बगान रत्नबाट सम्मानित हुने भएका छन् । थापाले सन् २००६ देखि २००७ का बीच नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षण सम्हालेका थिए ।

आफ्नो करियरका दौरान ‘ब्याक भलि’ का लागि चर्चित भारतीय क्लब मोहन बगानको प्रतिष्ठित अवार्डबाट जुलाई २९ मा सम्मानित हुने भएका हुन् । यो दिनलाई क्लबले मोहन बगान दिवसको रुपमा पनि मनाउने गर्दछ ।

उक्त दिन क्लबका पूर्व गोलकिपर बलाइ डेलाई पनि ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिने क्लबले जनाएको छ ।

‘क्लबबाट यो आवर्ड पाउँनु मेरा लागि निकै सम्मानको कुरा हो । अवार्डका लागि म निकै उत्साहित छु,’ थापाले भने ।

सन् १९७७ मा मोहन बगान अनुबन्धित भएका थापाले सोही वर्ष मैत्रीपूर्ण खेलमा विश्व फुटबलका चर्चित खेलाडी पेलेको टिमविरुद्ध गोल गरेका थिए ।

थापाले सन् १९७० देखि १९७७ सम्म भारतीय राष्ट्रिय टिमबाट खेलेका थिए ।