खेलाडी सरुवा

रिर्चालिसन टोटनहममा

लन्डन । एभर्टनका ब्राजिलियन फरवार्ड रिर्चालिसनलाई अनुबन्धित गरेसँगै टोटनहमले अग्रपङ्क्तिलाई अझ बलियो बनाएको छ ।

२५ वर्षीय रिर्चालिसन पाँच वर्षे सम्झौतामा टोटनहम भित्रिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रिर्चालिसन ६० मिलियन पाउन्डमा टोटनहम भित्रिएका हुन्, जसमा ‘एड वान्स’ पनि रहने छ ।

सन् २०१८ मा एभर्टन अनुबन्धित भएका रिर्चालिसनले त्यसयता एक सय ५२ खेलमा ५३ गोल गरेका छन् । उनले गएको सिजन प्रिमियर लिगमा एभर्टनबाट १० गोल गरेका थिए ।

ब्राजिलको राष्ट्रिय टिमबाट ३६ क्याप जितेका उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । ब्राजिलले सन् २०१९ को कोपा र २०२० को ओलम्पिकमा स्वर्ण पदक जित्दा रिर्चालिसन टिमका महत्वपूर्ण सदस्य थिए ।