पुस १५, २०८२ बुधबार | १०:२७:१९
एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो
शनिबारको दिन अस्मिना कर्माचार्य

‘अमर’ बन्न सक्थ्यो अस्मिनाको ५ विकेट

एसिसी महिला ट्वान्टी-२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलको पहिलो इनिङ्समा नेपालले दाबेदार मानिएको संयुक्त अरब इमिरेट्स (युएई)लाई मात्र ८१ रनमा रोक्यो । युएईलाई सस्तोमै समेट्ने क्रममा नेपालकी अस्मिना कर्माचार्यले ५ विकेट लिइन् ।

प्रतियोगिताकै बलियो टोलीसँगको ५ विकेट अनि फाइनल प्रवेशसँगै एसिया कपको टिकट । असार १०, नेपाली महिला क्रिकेटका लागि मात्र नभई अस्मिनाका लागि पनि यादगार दिन बन्न सक्थ्यो ।

नेपाली महिला क्रिकेट टोलीका लागि एसिया कप छनोट हुन त्यो मात्र एउटा ढोका बाँकी थियो । जुन नेपाली महिला क्रिकेटका लागि ठूलो सफलता बन्न सक्थ्यो । मलेसियाको क्वालालम्पुरस्थित किन्रारा ओभल एकेडेमीमा पहिलो सेमिफाइनल सुरु हुनुअगावै वर्षाका कारण खेल करिब आधा घण्टा रोकिएको थियो । त्यसो त यस मैदानमा यसअघि पनि नेपाली क्रिकेटले केही अभागी नतिजा आत्मसात गरिसकेको थियो ।

टस जितेर फिल्डिङ रोजेको नेपाल प्रतियोगिताकै उपाधि दाबेदार मानिएको युएईलाई निराश पार्दै एसिया कपको टिकट पक्का गर्न चाहन्थ्यो । नेपालले खेलको सुरुबाटै युएईलाई दबाबमा राख्न सफल भयो, जसको सुरुआत अस्मिनाले नै गरिन् । उनले युएईका दुवै ओपनरलाई पवेलियनको बाटो देखाइन्, जो नेपालका लागि एसिया कप प्रवेशमा बाधक बन्न सक्थे । अस्मिनाले ३.५ ओभरमा १० रन खर्चदै ५ विकेट लिइन् । उनलाई इन्दु बर्माले तीन र सीता रानामगरले दुई विकेट लिँदै दरिलो साथ दिएका थिए ।

युएईलाई सस्तोमा रोकेको नेपालले पहिलो इनिङ्स समाप्तिसँगै ड्रेसिङ रूममा प्रवेश गर्यो । एसिया कपको संघारमा रहेकाले नेपाली टोली ब्याटिङका लागि योजना तयार पार्न थाल्यो । तर, बाहिरी मौसमले नेपाली महिला क्रिकेट खेलाडीको सपनामा बाधक बन्ने संकेत गरिरहेको थियो । जब नेपाली महिला क्रिकेट टोली ड्रेसिङ रूमबाट बाहिर निस्कियो । उनीहरूमा एकाएक निराशा छायो ।

लगातारको वर्षाका कारण खेल रोकिने सम्भावना बढ्यो । भइदियो पनि त्यस्तै, दोस्रो इनिङ्सको खेल सम्भव नै भएन । युएई समूह चरणमा गरेको उत्कृष्ट प्रदर्शनका कारणम फाइनल प्रवेश गर्दै एसिया कपमा छनोट भयो ।

‘मेरा लागि युएईविरुद्धको बलिङ प्रदर्शन जीवनकै उत्कृष्ट प्रदर्शन थियो,’ आठ विकेटसहित प्रतियोगिताकै उत्कृष्ट बलर बन्न सफल अस्मिना भन्छिन्, ‘तर, वर्षाका कारण हामी प्रतियोगिताबाट बाहिरियौं । हामी एसिया कपको संघारमा पुगेर पनि अभागी भयौं । त्यो क्षण म जीवनभर भुल्न सक्दिनँ ।’

आफ्नो खेलजीवनकै उत्कृष्ट प्रदर्शन गरे पनि टोली अभागी हुँदै प्रतियोगिताबाट बाहिरिएको क्षणले अझै पनि अस्मिनाको आँखा रसाउँछ ।

‘मेरा लागि युएईविरुद्धको बलिङ प्रदर्शन जीवनकै उत्कृष्ट प्रदर्शन थियो,’ आठ विकेटसहित प्रतियोगिताकै उत्कृष्ट बलर बन्न सफल अस्मिना भन्छिन्, ‘तर, वर्षाका कारण हामी प्रतियोगिताबाट बाहिरियौं । हामी एसिया कपको संघारमा पुगेर पनि अभागी भयौं । त्यो क्षण म जीवनभर भुल्न सक्दिनँ ।’

‘जुन क्षण मेरो खेलजीवनको एउटा सफलताको गाथा बन्न सक्थ्यो, वर्षाले त्यो सबै बगाइदियो,’ अस्मिना थप भावुक हुन्छिन् ।

अस्मिना नेपाली महिला क्रिकेट टोलीले निरन्तर प्रशिक्षणको अवसर पाए भविष्यमा धेरै सफलता हात पार्नेमा आशावादी छिन् ।

‘नेपाली महिला टोलीमा अनुभवीसँगै युवा खेलाडीको पनि सहभागिता छ । त्यसैले सन्तुलित टोली छौं,’ अस्मिनाले भनिन्, ‘हामी नराम्रो खेलेर बाहिरिएका होइनौं । वर्षाका कारण अभागी बन्यौं । त्यसैले हामी निराश भइहाल्नुपर्ने अवस्था छैन ।’

अस्मिनाले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युगान्डाविरुद्धको ५ अन्तर्राष्ट्रिय ट्वान्टी-२० खेलको शृंखलाअन्तर्गत तेस्रो खेलसँगै नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेकी थिइन् । पहिलो खेलमा १९ रन खर्चिंदै विकेट हात पार्न नसकेकी अस्मिना चौथो र पाँचौं खेलमा समान एक विकेट लिन सफल भइन् ।

त्यसो त एउटा खेलाडीका लागि समर्थकको ताली र गाली दुवैले विशेष अर्थ राख्छ । युगान्डाविरुद्धको शृंखलाका  लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा गर्दा अस्मिनाको नाम समावेश हुँदा केही समर्थकले सामाजिक सन्जालमार्फत उनको छनोटप्रति नै असन्तुष्टि जनाएका थिए ।

‘मैले घरेलु मैदानमा मेरो परिवारको अगाडि राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर पाएँ,’ अस्मिनाले थपिन्, ‘यो मेरा लागि गर्विलो क्षण थियो । मेरो खेलजीवनमा मेरो परिवारको सधैं बलियो साथ रहँदै आएको छ । त्यो नै मेरा लागि ठूलो शक्ति हो । मेरो खेल हेरेर नै सायद समर्थकले प्रतिक्रिया जनाउनुभएको होला । उहाँहरूको प्रतिक्रियालाई मैले सकारात्मक रूपमा लिएको छु ।’

‘त्रिभुवन आदर्श सेकेन्डरी स्कुल फर्पिङमा पढ्दा नै क्रिकेट खेल्न थालेकी थिएँ,’ अस्मिनाले भनिन्, ‘म अरू खेल पनि खेल्थें तर बढी लगाव भने क्रिकेटमै बस्यो । साताको एक पटक शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा महिला खेलाडीका लागि विशेष प्रशिक्षणको व्यवस्था मिलाइएको थियो । म त्यहाँ नियमित प्रशिक्षणमा जान्थें । म त्यसपछि केसिटिसीमा प्रशिक्षणका लागि जान थालें । जसले गर्दा मेरो खेलमा धेरै सुधार आयो । घरेलु प्रतियोगिता निरन्तर खेलिरहें । यसले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएँ ।’

‘मैले घरेलु मैदानमा मेरो परिवारको अगाडि राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर पाएँ,’ अस्मिनाले थपिन्, ‘यो मेरा लागि गर्विलो क्षण थियो । मेरो खेलजीवनमा मेरो परिवारको सधैं बलियो साथ रहँदै आएको छ । त्यो नै मेरा लागि ठूलो शक्ति हो । मेरो खेल हेरेर नै सायद समर्थकले प्रतिक्रिया जनाउनुभएको होला । उहाँहरूको प्रतिक्रियालाई मैले सकारात्मक रूपमा लिएको छु ।’