खेलाडी सरुवा

लङ्गलेटसँग सम्झौता नजिक टोटनहम

लन्डन । रक्षक क्लेमेट लङ्गलेटलाई लोनमा क्लब भित्र्याउन टोटनहम स्पेनिस क्लब बार्सिलोनासँग सम्झौता नजिक पुगेको छ ।

पछिल्लो समय लेफ्ट सेन्टर ब्याकको खोजीमा रहेको टोटनहम इन्टर मिलानका एलेसान्ड्रो बास्टोनीसँग सम्झौताको प्रयास सफल नभएपछि लङ्लेटतर्फ मोडिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टोटनहमले बार्सिलोनासँग लोनमा एक सिजनका लागि फ्रान्सका रक्षक भित्र्याउन सम्झौताको सम्पूर्ण प्रकृया पूरा गरिसकेको छ । जसमा टोटनहमले लङ्गलेटलाई पछि क्लबमै राख्न सक्ने विकल्प पनि राखेको छ ।

मार्से र रोमालाई पछि पार्दै टोटनहम लङ्गलेटका लागि बार्सिलोनासँग सम्झौतासम्म पुगेको हो । यता, बार्सिलोनामा स्वभाविक लय भेट्टाउन नसकेका लङ्गलेटको क्याम्प नोउमा भविष्य समेत अनिश्चित बन्दै गएको थियो ।

सन् २०१८ मा सेभियाबाट बार्सिलोना अनुबन्धित भएका लङ्गलेटले त्यसयता क्लबबाट एक सय ६० खेल खेलेका छन् । जसमा उनले सात गोल गरेका छन् ।