यु २० साफ च्याम्पियनसिप

यु २० साफमा क्षेत्री र यादव रेफ्रीको भुमिकामा रहने

काठमाडौं । नेपालका फिफा रेफ्री प्रज्वल क्षेत्री र फिफा असिस्टेन्ट रेफ्री क्रिष्ण कन्हैया यादव भारतमा हुने यु २० साफ च्याम्पियनसिपमा रेफ्रीको भुमिकामा रहने भएका छन् ।

बुधबार साफले क्षेत्री र यादव यु २० साफको प्रतियोगितामा रेफ्रीको भुमिकामा रहने पुष्टि गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।

क्षेत्री र यादवले सन् २०२१ मा फिफाबाट ब्याच प्राप्त गरेका थिए ।

भारतको भुवनेश्वरमा हुने प्रतियोगिताका जुलाई २५ देखि अगस्ट पाँचसम्म हुने तालिका छ । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र मादिल्सले सहभागिता जनाउने छन् । प्रतियोगिता भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुनेछ ।