एन्फा

एन्फा कार्यसमितिलाई पूर्वप्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिलाई पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी, (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन् ।

दाहालले बुधबार आफ्नै निवास खुमलटारमा नवनिर्वाचित कार्यसमिति सुभकामना दिएका हुन् ।

‘निर्वाचित भएका सम्पूर्णमा म सफल कार्यकालको सुभकामना व्यक्त गर्न र उहाँहरुप्रति मेरो पूर्ण साथ र सहयोग रहेको बताउँन चाहन्छु । फुटबलको विकासका लागि मेरो तर्फबाट हुनसक्ने सम्पूर्ण सहयोगका लागि म सधैँ तयार छु ।’

असार ६ गते बुढानिलकण्ठस्थित पार्क भिलेज रिर्सोटमा भएको निर्वाचनबाट एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका थिए । उनले अध्यक्ष पदका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गरेका थिए । नेम्वाङले ४५ मत पाउँदा शेर्पा ३९ मतमा सीमित बनेका थिए ।