एन्फा

एन्फा अध्यक्ष नेम्वाङलाई फिफाको बधाई

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाई दिएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिन्होले मंगलबार एक पत्रमार्फत एन्फाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षसँगै कार्यसमितिलाई सफल कार्यकालको लागि सुभकामना दिएका हुन् ।

‘म उनको ज्ञान, नेतृत्व र अनुभवले नेपालमा हाम्रो सुन्दर खेलको विकासका लागि प्रभावकारी हुनेमा पूर्ण विश्वस्त छु,’ फिफा अध्यक्ष इन्फान्टिन्होले लेखेका छन्, ‘म नेपाली फुटबलको दिगो विकासका लागि आगामी दिनमा आइपर्ने सम्पूर्ण चुनौतीहरुमाथि सफलताका लागि एन्फा अध्यक्ष र उनको टिमलाई सुभकामना दिन चाहन्छु ।’

असार ६ गते बुढानिलकण्ठस्थित पार्क भिलेज रिर्सोटमा भएको निर्वाचनबाट नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । उनले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गरेका थिए । नेम्वाङले ४५ मत ल्याउदा शेर्पा ३९ मतमा सीमित बनेका थिए ।