विम्बल्डन

विम्बल्डनः बेरेटिनीको नाम फिर्ता

लन्डन । कोभिड १९ को प्रशिक्षणमा रिर्पोट पोजिटिभ आएपछि माटेओ बेरेटिनीले वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनबाट नाम फिर्ता लिएका छन् ।

विश्व वरीयताको आठौं स्थानमा रहेका बेरेटिनीले विम्बल्डनको पहिलो चरणमा मंगलबार क्रिस्टियन ग्यारिनविरुद्ध खेल्ने तालिका थियो । लगातार दोस्रो वर्ष क्विन्स क्लब च्याम्पियनसिपको उपाधि जितेका बेरेटिनीलाई विम्बल्डनको उपाधि दाबेदारका रुपमा हेरिएको थियो ।

तर, मंगलबार उनले सामाजिक सञ्जालमार्फत कोभिड १९ संक्रमणका कारण आफूले विम्बल्डनबाट नाम फिर्ता लिन परेको जनाएका हुन् ।

‘कोभिड १९ संक्रमणका कारण विम्बल्डनबाट नाम फिर्ता लिन बाध्य भएकोमा म निकै दुःखी छु । ममा यसका केही लक्षणहरु देखिएका छन् र मैले आफूलाई आइसोलेशनमा राखिसकेको छु,’ बेरेटिनीले लेखेका छन् ।