एएफसी एसियन कप छनोट

एएफसी एसियन कप छनोटः भारतको लगातार दोस्रो जित

नयाँ दिल्ली । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणमा भारतले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार घरेलु मैदान साल्ट लेक रंगशालामा सम्पन्न खेलको ८५औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरेको गोलबाठ भारतले अग्रता लिएको थियो । यद्यपि, त्यसको तीन मिनेटपछि हारुन फाखरुद्दिनले गोल गर्दै अफगानिस्तानलाई बराबरीमा फर्काएका थिए ।

तर, इन्जुरी समयमा सहल अब्दुल समदले गोल गर्दै भारतलाई २–१ को रोमाञ्चक जित दिलाएका थिए ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको भारत समूह ‘डी’को दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको हङकङ गोलआधारमा भारतभन्दा अघि छ ।