अब्दुल्लाह अल्मुताइरी

अल्मुताइरीलाई अस्पताल लगियो

कुवेत सिटी । एएफसी एसियन कप २०२३ तेस्रो चरणको छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानको टेक्निकल एरियामा बेहोस भएका नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई अस्पताल लगिएको छ

खेलको ४८औं मिनेटमा नेपालले दोस्रो गोल खाएपछि अब्दुल्लाह मैदानमै बेहोस भएका थिए । उनलाई मैदानमै अक्सिजन पनि दिइएको थियो । उनको अवस्था अझै अचेत छ । स्रोतका अनुसार अल्मुताइरीको मुटुमा समस्या देखिएको छ ।

खेलमा अहिले नेपाल ४–० ले पछि परेको छ ।