सन्जीव शिल्पकार

अभिभावकभन्दा बढी प्रिय ‘ललित दाइ’

  • सन्जिव सिल्पकार

जेठ २९ । जुन दिनलाई म सम्झन पनि चाहन्न । तर, नसम्झिरहन पनि सक्दिनँ । जुन दिन नियतिले हामी माझबाट नेपाली फुटबलकै अभिभावक ललितकृष्ण श्रेष्ठलाई चुँडेर लगेको थियो ।

ललित दाइले जेठ २९ गते नयाँ घर प्रवेश गर्ने साइत रहेको र अहिले नगरे माघसम्म साइत नभएकाले सोही दिन सानो पारिवारिक जमघटबीच पूजा गर्न लागेको पनि बताउनुभएको थियो । उहाँले २९ गते एक रातमात्र नयाँ घरमा बस्ने र त्यसपछि कोठामा फर्कने सुनाउनुभयो ।

ललित दाइ थ्री स्टार क्लबको अध्यक्ष हुुनुहुन्थ्यो अनि म महासचिव । हामीबीच यो दुःखद घटना हुनुभन्दा दुई दिनअघि जेठ २७ मा फोनमा कुराकानी भएको थियो । भूकम्पका कारण रोकिएको राष्ट्रिय लिग सुचारु हुने कुरा भएकाले टिमको तयारी कसरी अघि बढाउने भन्ने विषयमा हामीबीच छलफल भएको थियो । उहाँले नै मलाई त्यस रात फोन गर्नुभएको थियो ।

ललित दाइले जेठ २९ गते नयाँ घर प्रवेश गर्ने साइत रहेको र अहिले नगरे माघसम्म साइत नभएकाले सोही दिन सानो पारिवारिक जमघटबीच पूजा गर्न लागेको  पनि बताउनुभएको थियो । उहाँले २९ गते एक रातमात्र नयाँ घरमा बस्ने र त्यसपछि कोठामा फर्कने सुनाउनुभयो ।

घरको पूजापछि हामी भेटेर कुराकानी गर्ने सल्लाह भयो । त्यसपछि मेरो उहाँसँग सम्पर्क भएको थिएन । जेठ २९ गते राति १० बजेतिर क्लबका निवर्तमान अध्यक्ष ज्ञानबहादुर शाक्य दाइले आत्तिएर फोन गर्नुभयो । ‘ललितलाई अल्का हस्पिटलको इमरजेन्सी वार्डमा राखिएको छ, म त्यहीं जान लागेको तिमी पनि त्यही आउनु’ भन्नुभयो ।

ज्ञान दाइको बोलीबाट मलाई नहुनुपर्ने कुरा भइसक्यो भन्ने मनमा लागिसकेको थियो । फोन राख्ने क्रममा भने उहाँले ललित मन्त अर्थात ललितको निधन भइसकेको जस्तो पनि सुनेको छु भन्दा मलाई कसैले शरीरमा तातोपानी खन्याइदिएको आभाष भयो ।

म तत्काल अल्का अस्पताल पुगें । त्यहाँ पुग्दा ललित दाइको परिवारका सदस्यहरू रुवाबासी गरिरहेका थिए । मलाई त्यो बेलासम्म पनि उहाँ जीवितै हुनुहन्छ होला भन्ने मनमा कता–कता झिनो आस बाँकी थियो । म भित्र गएँ, ललित दाइ बेडमा हुनुहुन्थ्यो । उहाँ आँखा चिम्म गरेर सुतेको जस्तो देखिन्थ्यो । मैले डाक्टरलाई सोध्दा ‘ही इज नो मोर’ भन्ने जवाफ पाएँ । मलाई निकै असह्य भयो । म एकातर्फ उहाँकै क्लबको पदाधिकारी थिएँ र अर्कोतर्फ खेल पत्रकार । मैले नै पत्रकार साथीहरू र एन्फा पदाधिकारीहरूलाई उहाँको निधनबारे जानकारी गराएको थिएँ ।

हामी (थ्री स्टार क्लब) राष्ट्रिय लिग रोकिँदा तेस्रो स्थानमा थियौं । लिग सुचारु हुँदा हामीले उपाधि ललित दाइप्रति समर्पण गर्ने निर्णय गर्दै धेरै नै मिहिनेत गर्यौ । अन्ततः हामी राष्ट्रिय लिग च्याम्पियन भयौं ।

अहिले एन्फाको चुनावका लागि दुई प्यानलबीच रस्साकस्सी चलिरहेको छ । प्रशिक्षकको हेपाहा प्रवृत्ति र उदासीन एन्फाका कारण खेलाडीहरू मर्कामा परेका छन् । यदि आज ललित दाइ हुनुहुन्थ्यो भने यो विवाद बाहिर नै आउने थिएन । खेलाडीलाई उहाँले कहिले दुःखमा पर्न दिनुहुन्थेन । आज नेपाली फुटबलमा उहाँको ठूलो अभाव खड्किएको छ ।

मलाई अझै पनि एउटा घटना याद छ । एन्फा मुख्यालयमा रहेको प्यारापिट ढलानको समयमा भाउजुले बच्चा बिरामी परेकाले घर आउन आग्रह गर्नुभएको थियो । तर, उहाँले एन्फाको काममा व्यस्त रहेकाले अन्य कोही साथी लिएर जचाउन जानू भनेर परिवारलाई भन्नुभयो । यो फुटबलप्रतिको उहाँको लगाव थियो ।

ललित दाइ परिवारभन्दा पनि सधैं नेपाली फु्टबल विकासमा लाग्नुभयो । चाहे एन्फा मुख्यालयमा रहेको प्यारापिट निर्माणको समयमा होस् वा भूकम्पका बेलामा होस् उहाँले परिवारभन्दा पनि फुटबललाई माथि राखेर काम गर्नुभयो ।

मलाई अझै पनि एउटा घटना याद छ । एन्फा मुख्यालयमा रहेको प्यारापिट ढलानको समयमा भाउजुले बच्चा बिरामी परेकाले घर आउन आग्रह गर्नुभएको थियो । तर, उहाँले एन्फाको काममा व्यस्त रहेकाले अन्य कोही साथी लिएर जचाउन जानू भनेर परिवारलाई भन्नुभयो । यो फुटबलप्रतिको उहाँको लगाव थियो ।

चाहे खेलाडी होस्, खेल पत्रकार होस् वा अन्य कु्नै पनि पदाधिकारी । उहाँले कहिल्यै पनि कसैको चित्त दुखाउने काम गर्नुभएन । उहाँ सधैं सबैलाई जे जस्तो सहयोग गर्न पनि तयार हुुनुहुन्थ्यो ।

भूकम्पमा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य सुमन भोम्जन हराए । उनी डेरा बस्ने महाबौद्धको घर पूरै भत्किएको थियो । तीन चार वटा घर एकै ठाउँमा भत्किँदा पुरिएका चिज खोज्न धेरै दिन लाग्यो । हामी सुमन त्यहाँ नभेटिउन् भन्ने कामना गर्दै सात दिनसम्म उत्खननमा लागिरह्यौं । सातौं दिनमा हामीले समेत आफ्ना प्रिय सुमनलाई नचिन्ने अवस्थामा मृत भेट्यौं । यसरी सुमनलाई खोज्दा प्रत्येक दिन ललित दाइले हामीलाई साथ दिनुभयो । सुमनको शव फेला परेपछि पनि उसको घर हेटौंडा पठाउन शववाहन व्यवस्थापन गर्नुपर्ने थियो । भुँइचालोका कारण एम्बुलेन्स र शववाहन व्यवस्थापन गर्न ठूलो चुनौती थियो । ललित दाइले नै त्यो व्यवस्थापन गरिदिनुभयो ।

उहाँ थ्री स्टार क्लबको अध्यक्ष हुँदा नै नबिल बैकलाई मुख्य प्रायोजकको रूपमा भित्र्याउनुभएको थियो । त्यहाँबाट नै नेपाली ए डिभिजन क्लबहरूमा प्रायोजक भित्रिन थालेको हो ।

व्यक्तिगत कुरा गर्ने हो भने ललित दाइ मेरा लागि अभिभावकभन्दा पनि बढी हुनुहुन्थ्यो । खासमा उहाँकै कारण म खेल पत्रकारितामा लागेको भन्दा पनि फरक पर्र्दैन । मेरो बुबा र उहाँ मिल्ने साथी हुनुहुन्थ्यो । त्यसैले खेल पत्रकारितामा लाग्नुअघि नै मेरो उहाँसँग राम्रो चिनजान थियो । नेपालमा हुने हरेक खेलका लागि रंगशाला छिर्न मलाई पासको व्यवस्था उहाँले नै गरिदिनुहुन्थ्यो ।

जसका कारण मेरो फुटबलप्रतिको लगाव बढ्यो । आज उन ललित दाइको श्रद्धाञ्जलीमा यी शब्दहरू लेख्दै गर्दा मेरो हात कामिरहेको छ । हार्दिक श्रद्धाञ्जली ललित दाइ । हामी सधैं सम्झिइरहने छौं ।