सहिद स्मारक ‘सी’ डिभिजन लिग

‘सी’ डिभिजन लिग: अन्तिम चरणको खेल तालिका परिवर्तन

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगको अन्तिम चरणको खेल तालिका परिवर्तन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार १३औं चरणको खेलको नयाँ तालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिकाअनुसार ‘बी’ डिभिजन लिगमा उक्लिने प्रवल सम्भावना भएका दुई टिम आरसी ३२ स्पोर्टस क्लब र प्लानिङ ब्वाइज युनाइटेडले एकै समयमा अन्तिम खेल खेल्नेछन् ।

यद्यपि, अन्तिम खेलको लागि स्थान भने तय भइनसकेको एन्फाले जनाएको छ । नयाँ तालिकाअनुसार जेठ १९ गते आरसी ३२ ले स्पोर्टस् एकेडेमी र प्लानिङ ब्वाइजले ओसिस क्लबविरुद्ध खेल्ने तालिका छ । खेल मध्यान्ह १२ः३० बजेदेखि सुरु हुनेछ ।

लिगबाट झापा फुटबल क्लब ‘बी’ डिभिजन लिगमा बढुवा भइसके पनि बढुवा हुन बाँकी एक टिमका लागि आरसी ३२ र प्लानिङ ब्वाइजबीच चर्को प्रतिस्पर्धा छ ।

लिगमा १२ खेल खेल्दा प्लानिङ ब्वाइज र आरसी ३२ ले समान २८ अंक जोडेका छन् ।

यता, पुछारमा रहेका दुई टिम ओसिस क्लब र विरगंज युथ एकेडेमी ‘सी’ डिभिजन लिगमा घटुवा भइसकेका छन् ।