खेलाडी प्रशिक्षक विवाद

खेलाडी प्रशिक्षक विवाद: छानविन समितिको सतही प्रतिवेदन!

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादको अनुसन्धानका लागि गठित छानविन समितिले अस्पष्ट, अन्योलपूर्ण र सतही प्रतिवेदन बुझाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले पूर्व खेलाडी भिक्टोर राणाको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।

राणाको नेतृत्वमा गठित समितिमा पूर्व खेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)का उपाध्यक्ष दीपक थापा पनि थिए । तीन सदस्यीय समितिले एन्फा सचिवालयमा जेठ ४ गते पेश गरेको प्रतिवेदनमा दुवै पक्षको दोष देखाइएको छ भने स्पष्टरूपमा गल्तिबारे यकिन गरिएको छैन ।

खेलाडी र प्रशिक्षक, व्यवस्थापन सबै पक्षको दोष देखाइएको सन्तुलित प्रतिवेदनले सबै पक्षलाई सचेत गराउने मात्र भनिएको छ ।

एन्फाले आधिकारिक वेबसाइटमार्फत शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनको ६ पृष्ठको पूर्णपाठः