चैत्र १४, २०८२ शनिबार | १८:१५:१८
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

ईपिएलको उपाधि होड: के छ ‘क्लाइमेक्स’मा ?

स्टेफेन जेरार्ड जत्तिकै ठूला खेलाडी किन नहोस् । उनले कहिले पनि लिभरपुलका लागि इंग्लिस प्रिमियर लिगको उपाधि जित्ने सकेनन् । उनले खेल्दाका साथी हुन् फिलिपे कौटिन्हो । जत्तिकै अनुनय विनय गर्दा पनि यी ब्राजिली खेलाडीले पनि बार्सिलोनाका लागि लिभरपुल छाडेका थिए । लिभरपुलले साँच्चै लिग जित्दा उनी अन्यत्रै थिए । अहिले दुवै एस्टन भिल्लामा छन् । तर भूमिका भने फरक छ । जेरार्ड भए प्रशिक्षक । कौटिन्हो अझै खेलाडी नै छन् ।

एउटा कल्पना, म्यानचेस्टर सिटीविरुद्ध खेलको अन्त्यतिर कौटिन्होको फ्रिकिकबाट निर्णायक गोल भयो । त्यो जितमा जेरार्डको खुसीयाली । अर्कोतर्फ लिभरपुल उल्भसविरुद्धको खेलमा सजिलै विजयी । के यो सम्भव छ त ? सम्भव किन नहुनु, तर कल्पना गर्न कसैलाई कसैले कसरी रोक्न सक्छ र ? कल्पनाभन्दा पर वास्तविकतामा भने लिभरपुलले उल्भसलाई हराउनु जति स्वाभाविक देखिन्छ, सिटीले भिल्लालाई पराजित गर्नु अझ बढी स्वाभाविक देखिन्छ । लिग तालिकामा सिटीको ९० अंक हुँदा लिभरपुलको ८९ अंक छ ।

आइतबार ईपिएलको यो सिजनको अन्तिम दिन । एकै समय १० खेल हुनेछन् । तर सबैको ध्यान दुई खेलमा बढी केन्द्रित हुनेछ । ती दुई खेलमा इतिहादमा हुने सिटीविरुद्ध भिल्लाको खेल अनि एनफिल्डमा लिभरपुलविरुद्ध उल्भसको प्रतिस्पर्धा । यही दुई खेलबाट त हो लिग उपाधिको छिनोफानो हुने । सिटीले भिल्लालाई हरायो भने समीकरण स्पष्ट छ, पेप ग्वार्डिओलाको टिमले पछिल्लो पाँच सिजनमा चौथोपल्ट लिग जित्ने छ । लिग उपाधि हात पार्ने सम्भावना कायम राख्न लिभरपुललाई जसरी पनि जित्नु छ ।

लिभरपुलले जित्छ र सिटी पराजित हुन्छ भने लिग उपाधि एनफिल्डतर्फ मोडिने छ । साँच्चै ईपिएलको उपाधि होडको ‘क्लाइमेक्स’ मा के छ त ? ग्वार्डिओला आफैं भन्छन्, ‘लिभरपुल जत्तिको प्रतिद्वन्द्वी छ भने लिग चार खेलअगाडि नै कसैले पनि जित्न सक्दैन । उपाधिका लागि गर्नुपर्ने संघर्ष अन्त्यसम्म नै हुन्छ । हाम्रो हात केही माथि छ, किनभने हामी घरमा खेलिरहेका छौं र पूरा समीकरण अझै पनि हाम्रै पकडमा छ ।’ सिटीलाई गोल अन्तरमा पनि लिभरपुलमाथि अग्रता छ ।

ग्वार्डिओला थप्छन्, ‘त्यो दिन हामी कता के भइरहेका हुन्छन्, त्यसमा ध्यान दिने छैनौं । खाली आफ्नो खेल जित्नेमै मात्र हामी पूरा मन लगाउने छौं । मलाई पूरा विश्वास छ, त्यो दिन इतिहाद भरिभराउ हुनेछ अनि सबै समर्थक लगभग हाम्रै हुनेछन् ।’

आफ्नो अन्तिम दोस्रो खेलमा लिभरपुलले साउथह्याम्पटनलाई हराएको थियो । आफ्ना अधिकांश दोस्रो रोजाइका खेलाडी उतारे पनि त्यो दिन लिभरपुल सेन्ट मेरिजमा भाग्यमानी रह्यो, साउथह्याम्पटनले व्यवधान तेर्स्याउन सकेन ।

त्यही खेलपछि लिभरपुलका व्यवस्थापक योर्गन क्लोप भन्थे, ‘सिटीको अन्तिम दिन घरमा हार्ने सम्भावना कमै छ । तर यो फुटबल हो । सन् २०१९ मा सिटीले नै लिग जित्दा पनि यस्तै नाटक भएको थियो । हाम्रो रणनीति सामान्य छ, हामी उल्भसमाथि जित निकाल्न चाहन्छौं । विश्वासमा रहन्छौं, त्यो दिन भिल्लाले सिटीलाई हराउने छ । यो सम्भव छ, पूरापूर सम्भव छ । गाह्रो पनि छ ।’ हामी सबै फुटबल समर्थकको काम भने त्यस दिनको प्रतीक्षा गर्ने नै हो ।

त्यो भनेको भोलि, आइतबार । समय ? रातिको २०ः४५ बजे ।

अनि ‘क्लाइमेक्स’ ९० मिनेटभन्दा केही बढी समयपछि लेखिने छ ।