स्पेनिस ला लिगा

एट्लेटिकोलाई तेस्रो स्थानका फराकिलो अग्रता

मड्रिड । इल्चीलाई २-० ले पराजित गर्दै एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो पारेको छ ।

प्रशिक्षक डिएगो सिमोनीको प्रशिक्षणमा एट्लेटिकोले ला लिगामा चार सय खेल खेलेको छ । सिमोनीको टोलीले आइतबार लिग विजेता रियाल मड्रिडलाई १-० ले पराजित गरेको थियो । 

२८औं मिनेटमा म्याथ्युज कुन्हाको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो । ६२औं मिनेटमा रोर्डिगो डी पाउलले एट्लेटिकोको अग्रता दोब्बर पारेका थिए ।

३६ खेलमा ६७ अंकसहित एट्लेटिको तेस्रो स्थानमा उक्लिएको हो । चौथो स्थानको सेभिया भन्दा एट्लेटिको एक अंकले अघि रहेको छ । एट्लेटिकोले आगामी सिजन च्याम्पियन्स लिगको टिकट सम्भावना बलियो पार्ने क्रममा पाँचौं स्थानको रियाल बेटिससँग ६ अंकको अग्रता लिएको थियो ।

लिगमा अब दुई चरणका खेल मात्र बाँकी रहेको छ । लिग  विजेता रियाल मड्रिडसँगै दोस्रो स्थानको बार्सिलोना यसअघि नै च्याम्पियन्स लिगमा छनोट भइसकेका छन् ।

सेभिया भने बुधबार रियाल मार्लोकासँग गोलरहित बराबरीमा रोकिएको थियो । सेभिया पाँचौ स्थानको बेटिसभन्दा पाँच अंकले अघि रहेको छ ।