इन्टर मिलान

इन्टरलाई कोपा इटालियाको उपाधि

मिलान । इभान पेरिसिचले अतिरित्त समयमा गरेको दुई गोल मद्दतमा इन्टर मिलानले बुधबार युभेन्टसलाई ४२ ले पराजित गर्दै कोपा इटालियाको उपाधि जितेको छ ।

इन्टरले जनवरीमा सुपरकोपा इटालियनाको उपाधि जित्दा पनि युभेन्टसलाई निराश पारेको थियो ।

सातौं मिनेटमा निकोला बारेल्लाको गोलमा इन्टरले अग्रता लियो । तर दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै युभेन्टसले अग्रता लिएको थियो ।

 ५०औं मिनेटमा एलेक्स सान्ड्रोको गोलमा  युभेन्टस खेलमा फर्किएको थियो । त्यसको दुई मिनेटपछि नै डुसान भाल्होभिचको गोलमा युभेन्टसले २-१ को अग्रता लिएको थियो ।

८०औं मिनेटमा हकान चालनोग्लुको पेनाल्टी गोलमा इन्टर खेलमा फर्किएको थियो । 

निर्धारित समय २-२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

९९औं मिनेटमा पेरिसिचको गोलमा इन्टरले अग्रता लियो । एक सय दुई मिनेटमा पेरिसिचको व्यत्तिगत दोस्रो गोलमा इन्टरले कोपा इटालियाको उपाधि पक्का गरेको थियो ।