सहिद स्मारक सी डिभिजन लिग

खालिबारी युथ र पुल्चोकले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत बुधबारको दोस्रो खेलमा खालिबारी युथ फुटबल क्लब र पुल्चोक स्पोर्टस् क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा दुवै टिमले प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँडे ।

बराबरीसँगै खालिबारीले लिगमा सात खेलबाट १० अंक जोडेको छ । यस्तै, समान खेल खेलेको पुल्चोकको पाँच अंक छ ।

यसअघि आजै भएको पहिलो खेलमा आरसी ३२ फुटबल एकेडमीले महाविर क्लबलाई १–० ले पराजित गरेको थियो ।

लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ डिभिजन लिग छनोटमा घटुवा हुनेछन् ।