लिभरपुल

माने लिभरपुलमै खुसी

लन्डन । क्लब छाड्ने चर्चाका बीच इङ्लिस क्लब लिभरपुलका स्ट्राइकर साडियो मानेले आफू एन्फिल्डमै खुसी रहेको बताएका छन् ।

यसअघि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले मानेलाई भित्र्याउन स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख इच्छुक रहेको सार्वजनिक गरेका थिए ।

यस सिजन लिभरपुलबाट सबैखाले प्रतियोगितामा गरी २२ गोल गरेका मानेको भविष्य भने यस सिजन अनिश्चित छ । माने र लिभरपुलबीचको सम्झौता आउदो समरमा सकिँदै छ ।

बुधबार एस्टोन भिल्लाविरुद्ध २–१ को जित निकाल्दा दोस्रो हाफमा विजयी गोल गरेका मानेले खेलपछि आफू लिभरपुलमा निकै खुसी रहेको बताएका हुन् ।

‘म यहाँ निकै खुसी छु । यहाँबाट उपाधि जित्दा झनै खुसी हुनेछु । म यहाँको हरेक पल खुसीसाथ बिताउँदै टिमलाई सक्दो सहयोग गर्न चाहन्छु,’ माने भने ।