इङ्लिस प्रिमियर लिग

बार्सिलोना र बायर्न मानेलाई भित्राउन इच्छुक

लन्डन । साडियो मानेलाई यस पटक बालोन डी ओर को दाबेदारको रुपमा हेरिएको छ ।

इङलिस प्रिमियर लिगको क्लब लिभरपुलका स्ट्राइकर मानेको आगामी क्लब गन्तब्यका बारेमा केही दिन यता खबरहरु सार्वजनिक भैरहेका छन् । 

३० वर्षे मानेको प्रभावशाली प्रदर्शनमा सेनेगलले फेर्बुअरीमा अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो ।
एकै सिजन चार उपाधि जित्ने कीर्तिमानको लक्ष्यमा रहेको लिभरपुलका लागि मानेले यस सिजन प्रिमियर लिगमा १५ गोल गरिसकेका छन् ।

मानेलाई अनुबन्धन गर्न स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले इच्छा देखाउँदै आएको छ । पछिल्लो केही दिन यता भने जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिख पनि मानेलाई अनुबन्धन गर्न इच्छुक देखिएको खबर सार्वजनिक भैरहेको छ ।

यद्धपी माने र लिभरपुलबीचको सम्झौता भने अझै एक वर्षका लागि बाँकी रहेको छ ।