माइल्स रोविन्सन

रोविन्सनले विश्वकप गुमाउन सक्ने

न्युर्योक । संयुक्त राज्य अमेरिकाका सेन्टर ब्याक माइल्स रोविन्सनले कतारमा हुने विश्वकप गुमाउन सक्ने देखिएको छ ।

बाँया खुट्टामा चोट लागेपछि रोविन्सन विश्वकपका लागि उपलब्ध हुने नहुने भन्नेबारे ठुलो शंका उब्जिएको हो ।

शनिबार मेजर लिग सकर (एमएलएस) अन्तर्गत एटलान्टा युनाइटेडले सिकागो फायर्सविरुद्ध ४–१ को जित निकाल्दा रोविन्सन घाइते भएका थिए । खेलको १४औं मिनेटमा रिसका कारण टर्फमा खुट्टाले हान्दा उनी चोटिल बन्दै मैदानबाट बाहिरिएका थिए ।

एटालान्टाले सोमबार रोविन्सनको शल्यक्रिया भएको जनाएको हो । तर, क्लबले रोविन्सन कति समयपछि पुनः प्रशिक्षणमा फर्किन्छन् भन्ने खुलाएको छैन । २५ वर्षीय रोविन्सनले अमेरिकाबाट २१ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।