सहिद स्मारक सी डिभिजन लिग

मनोहरा र महाविरले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा महाविर क्लब र मनोहरा युनाइटेड क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको ३९औं मिनेटमा सन्जित धितालले गोल गर्दै महाविरलाई अग्रता दिलाएका थिए ।

तर, ७९औं मिनेटमा अजियकुमार चौधरीले गोल गरेपछि मनोहरा बराबरीमा फर्किएको थियो ।

बराबरीसँगै ६ खेलबाट ११ अंक जोडेको मनोहरा तालिकाको चौथो स्थानम उक्लिएको छ । महाविरको यो दोस्रो बराबरी हो । यस्तै, समान खेल खेलेको मनोहराले भने आठ अंक जोडेको छ । महाविरको यो तेस्रो बराबरी हो ।

यसअघि आजै भएको पहिलो खेलमा खालिबारी युथ क्लबले ओसिस क्लबलाई ३–१ ले पराजित गरेको थियो ।