म्यानचेस्टर युनाइटेड

युनाइटेडको जर्सीका लागि कोही योग्य छैनन्ः फर्नान्डेज

लन्डन । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेजले क्लबको जर्सी लगाउन कुनै पनि खेलाडी योग्य नरहेको बताएका छन् ।

शनिबार प्रिमियर लिगअन्तर्गत ब्राइटनसँग ४–० ले पराजित भएसँगै युनाइटेडका समर्थकहरुले क्लबको जर्सीका लागि कुनै खेलाडी योग्य नरहेको भन्दै आक्रोश व्यक्त गरिरहँदा फर्नान्डेजले समर्थकको आक्रोश स्वभाविक भएको बताएका हुन् ।

हाल सबैभन्दा खराव लयमा रहेको युनाइटेडले यस प्रिमियर लिगमा अहिलेसम्मकै सबैभन्दा धेरै गोल बेहोरेको छ ।

घरेलु मैदानमा लज्जास्पद हार बेहोर्दा समर्थकहरुले ‘युनाइटेडको जर्सीका लागि कोही योग्य छैनन्’ भन्दै चिच्याएका थिए ।

‘समर्थकहरुको कुरामा म आफूलाई पनि समावेश गर्छु । आज हामीले र मैले जे गरे त्यो युनाइटेडको जर्सीको लागि पर्याप्त थिएन र यसमा म पूर्ण सहमत छु,’ खेलपछि फर्नान्डिजले भने ।