माघ ७, २०८२ बुधबार | १३:०९:०७
एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै

धर्मश्रीमा धाँधलीको आरोप

काठमाडौं । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा धाँधली भएको सहभागी खेलाडीले आरोप लगाएका छन् । 

शनिबार भएको प्रतियोगितामा आफ्नो खेलाडीलाई विजयी गराउन आयोजक नेपाल व्यायामले निर्णायकको निर्णय नै हेरफेर गरेको र खेलाडीप्रति अपहेलित व्यवहार भएको असन्तुष्ट खेलाडीहरुले बताए । 

‘आयोजकले आफ्नो खेलाडीलाई उपाधि दिलाउन हामीलाई समेत अपहेलित गरियो,’ पत्रकार सम्मेलनमा उपस्थित खेलाडी अनुज मास्केले भने । आयोजकले सधै खेलाडीलाई अपहेलित गरेको र त्यसैकारण आफूहरु मुख खोल्न बाध्य भएको अर्का खेलाडी सागर वि कले भने, ‘आयोजकबाट हामी सधै अपहेलित हुन्छौं । त्यसैले आगामी पुस्तालाई यस्तो नहोस् भनेर पत्रकार सम्मेलन गरेका हौं ।’ 

सागर बेलायतबाट प्रतियोगितामा सहभागी हुन नेपाल आएका थिए । पत्रकार सम्मेलनमा गोपाल लिम्बु, अवतार श्रेष्ठ, विशुराम केसी, अनुज मास्के, सनम मुलगुढी, पुजा श्रेष्ठ, विनिता राई लगायतको सहभागिता थियो । 

प्रतियोगितामा सहभागी महिला खेलाडी सनमले पनि प्रतियोगिता व्यवस्थित नभएको र खेलाडी सँधै अपहेलित हुनु परेको बताइन् ।

‘मैले बारम्बार आयोजकसँग बुझ्ने प्रयास गरे । तर हामीले प्रतिस्पर्धामा लगाउने पोशाक समेत कुन भन्ने थाहा पाउन सकेनौंऽ’ सनमले आरोप लगाइन् । यस्तै, पत्रकार सम्मेलनमा सहभागी खेलाडीहरुले उपाधि दावेदारलाई शीर्ष १५ बाटै बाहिर राखेर आयोजकले आफू अनुकूललाई च्याम्पियन बनाएको समेत आरोप लगाए । 

शनिबार भएको प्रतियोगितामा झापाका उमेश राईले १६औं धर्मश्रीको उपाधि जितेका थिए । एनआरके फिटनेशका राईले झापा ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै १० लाख पुरस्कार प्राप्त गरे । धिमाल दोस्रो हुदा कृष्ण बहादुर सूर्यवंशी तेस्रो भए । दुबैले क्रमशः ५ लाख र २ लाख पाए ।

यस्तै, धर्मश्रीकै दौरान पहिलो पटक आयोजना गरिएको पुरुष तथा महिला फिजिकको पुरुष तर्फ आयोजक नेपाल ब्यायाम मन्दिरका आश्वत स्थापित र महिला तर्फ द फिटनेश टेम्पल भक्तपुरकी जासमिन लामा विजयी भए । विजयी दुवैले दुई लाख प्राप्त गरे ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate