चैत्र १०, २०८२ मंगलबार | ०१:२९:३९
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

धर्मश्रीमा धाँधलीको आरोप

काठमाडौं । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा धाँधली भएको सहभागी खेलाडीले आरोप लगाएका छन् । 

शनिबार भएको प्रतियोगितामा आफ्नो खेलाडीलाई विजयी गराउन आयोजक नेपाल व्यायामले निर्णायकको निर्णय नै हेरफेर गरेको र खेलाडीप्रति अपहेलित व्यवहार भएको असन्तुष्ट खेलाडीहरुले बताए । 

‘आयोजकले आफ्नो खेलाडीलाई उपाधि दिलाउन हामीलाई समेत अपहेलित गरियो,’ पत्रकार सम्मेलनमा उपस्थित खेलाडी अनुज मास्केले भने । आयोजकले सधै खेलाडीलाई अपहेलित गरेको र त्यसैकारण आफूहरु मुख खोल्न बाध्य भएको अर्का खेलाडी सागर वि कले भने, ‘आयोजकबाट हामी सधै अपहेलित हुन्छौं । त्यसैले आगामी पुस्तालाई यस्तो नहोस् भनेर पत्रकार सम्मेलन गरेका हौं ।’ 

सागर बेलायतबाट प्रतियोगितामा सहभागी हुन नेपाल आएका थिए । पत्रकार सम्मेलनमा गोपाल लिम्बु, अवतार श्रेष्ठ, विशुराम केसी, अनुज मास्के, सनम मुलगुढी, पुजा श्रेष्ठ, विनिता राई लगायतको सहभागिता थियो । 

प्रतियोगितामा सहभागी महिला खेलाडी सनमले पनि प्रतियोगिता व्यवस्थित नभएको र खेलाडी सँधै अपहेलित हुनु परेको बताइन् ।

‘मैले बारम्बार आयोजकसँग बुझ्ने प्रयास गरे । तर हामीले प्रतिस्पर्धामा लगाउने पोशाक समेत कुन भन्ने थाहा पाउन सकेनौंऽ’ सनमले आरोप लगाइन् । यस्तै, पत्रकार सम्मेलनमा सहभागी खेलाडीहरुले उपाधि दावेदारलाई शीर्ष १५ बाटै बाहिर राखेर आयोजकले आफू अनुकूललाई च्याम्पियन बनाएको समेत आरोप लगाए । 

शनिबार भएको प्रतियोगितामा झापाका उमेश राईले १६औं धर्मश्रीको उपाधि जितेका थिए । एनआरके फिटनेशका राईले झापा ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै १० लाख पुरस्कार प्राप्त गरे । धिमाल दोस्रो हुदा कृष्ण बहादुर सूर्यवंशी तेस्रो भए । दुबैले क्रमशः ५ लाख र २ लाख पाए ।

यस्तै, धर्मश्रीकै दौरान पहिलो पटक आयोजना गरिएको पुरुष तथा महिला फिजिकको पुरुष तर्फ आयोजक नेपाल ब्यायाम मन्दिरका आश्वत स्थापित र महिला तर्फ द फिटनेश टेम्पल भक्तपुरकी जासमिन लामा विजयी भए । विजयी दुवैले दुई लाख प्राप्त गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो