चेल्सी

चेल्सी खरिद गर्ने एनियोस ग्रुपको प्रस्ताव अस्विकृत

लन्डन । बेलायती अर्वपति सर जिम र्याटक्लिफको चेल्सी खरिद गर्ने प्रस्ताव अस्विकार भएको छ ।

जिम र्याटक्लिफले चेल्सीको स्वामित्वको लागि ५.३ बिलियन डलरको प्रस्ताव गरे पनि अस्विकार भएको हो ।

र्याटक्लिफको स्वामित्वमा रहेको एनियोस ग्रुपका निर्देशक टम क्रोटीले चेल्सी बेच्ने जिम्मेवारी पाएको राइना ग्रुपहरुले आफूहरुको प्रस्ताव अस्विकार गरेको पुष्टि गरेका हुन् ।

‘हामी राइना ग्रुपबाट अस्विकृत भयौं । तर, मानिसहरुलाई चेल्सीको स्वामित्व खरिदका लागि अझै हामी अझै पनि तयार रहेको बताउन चाहन्छौं,’ निर्देशक क्रोटीले भने, ‘हामी अझै समर्थकहरुमा घुलमिल हुने क्रमलाई जारी राख्नेछौं । हामी आफूलाई समर्थकहरुको प्रस्तावकको रुपमा हेछौं ।’

चेल्सी हाल रुसी अर्वपति रोमन अब्रामोभिचको स्वामित्वमा रहेको छ । रुसले युक्रेनमाथि सैन्य कारवाही सुरु गरेपछि अब्रामाेभिचले चेल्सी बेच्ने घोषणा गरेका थिए ।