च्याम्पियन्स लिग

च्याम्पियन्स लिगको सेमिफाइलनमा पुग्नु सानो कुरा होइनः लो सेल्सो

मड्रिड । मिडफिल्डर जियोभानी लो सेल्सोले भियारियाल युरोपियन च्याम्पियन्स लिगको सेमिफाइलनमा पुग्नु सानो कुरा नभएको बताएका छन् ।

मंगलबार भएको दोस्रो लेगमा लिभरपुलसँग ३–२ ले पराजित भएपछि भियारियाल सेमिफाइनलबाट बाहिरिएको हो । यसअघि भियारियाल पहिलो लेगमा २–० ले पराजित भएको थियो ।

‘हामी निराश र दुखी छौं । किनभने हामी फाइलन खेल्न चाहन्थ्यौं,’ उनले भने, ‘हामीले पहिलो हाफमा राम्रो पकड बनाएका थियौं । तर, दोस्रो हाफमा त्यो लयलाई कायम राख्न सकेनौं । च्याम्पियन्स लिगको सेमिफाइनलसम्म आइपुग्नु सानो कुरा होइन ।’

भियारियालले सेमिफाइनलसम्मको यात्रा तय गर्दा युभेन्टस र बायर्न म्युनिखजस्ता ठुला टिमहरुको चुनौती पन्छाएको थियो ।