नेपाली क्रिकेट

नेपाल टस जितेर फिल्डिङमा

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ०१ः०० बजेदेखि सुरु हुनेछ ।

तीन ट्वान्टी २० शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावे ‘ए’ सँग ६ विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो ट्वान्टी २० खेल भने वर्षाका कारण सम्भव हुन सकेको थिएन । दोस्रो खेलमा ४.३ ओभरमा पुग्दा वर्षा भएपछि खेल रोकिएको थियो । जसमा टस हारेर ब्याटिङमा आएको जिम्बावेले दुई विकेट गुमाएर ४८ रन बनाएको थियो ।

नेपालले पहिलो पटक टेस्ट मान्यताप्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।