आरबिबी–एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप

आरबिबी–एनभिए भलिबलः पुलिसको दोस्रो जित

फाइल फाेटाे

काठमाडौं । छैटौं संस्करणको आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा नेपाल पुलिस क्लबको महिला टिमले दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद  परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न महिलातर्फको खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

पुलिसले एभरेष्ट भलिबल क्लबलाई २५–१८, २५–१९ र २५–१४ को सेटमा पराजित गरेको हो ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको पुलिस तालिकाको शीर्ष स्थानमा छ ।

प्रतियोगिताको महिला र पुरुषतर्फको विजेताले समान ६ लाख, उपविजेताले तीन  लाख, तेस्रो एक लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन्  ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार प्राप्त गर्नेछन् । यस्तै, व्यक्तिगत विधातर्फको उत्कृष्ट  सेटर, ब्लकर सर्भर, स्पाईकर, लिब्रो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्नेछन् ।