इङ्लिस प्रिमियर लिग

आर्सनल चौथो स्थानमा

लन्डन । वेस्ट हम युनाइटेडमाथि २-१ को जितसहित आर्सनलले इङलिस प्रिमियर लिगको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगको टिकट काट्ने सम्भावना कायम राखेको छ ।

आइतबारै सम्पन्न खेलमा टोटनहमले लेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै चौथो स्थानमा दुई अंकको अग्रता लिएको थियो । तर आर्सनल वेस्ट हमलाई हराउँदै पुनः चौथो स्थानमा उक्लिएको हो ।

चौथो स्थानको आर्सनलको ६३ अंक छ,जुन पाँचौ स्थानको टोटनहम भन्दा मात्र दुई अंक बढी हो । आर्सनल तेस्रो स्थानको चेल्सी भन्दा मात्र तीन अंकले पछि छ । 

आइतबारै सम्पन्न खेलमा चेल्सी रेलिगेशनबाट जोगिन संघर्षरत एभर्टनसँग पराजित भएको थियो । 

३८औं मिनेटमा रब होल्डिङको गोलमा आर्सनलले अग्रता लिएको थियो । ४५औं मिनेटमा जारोड बावेनले वेस्ट हमलाई खेलमा फर्काएका थिए ।

५४औं मिनेटमा ग्याब्रियल मग्हालेसको गोलमा आर्सनलले पुनः अग्रता लिएको थियो ।

आर्सनलले आगमी साता प्रिमियर लिगमा लिड्स युनाइटेडको सामना गर्नेछ ।