सी डिभजन लिग

दुई खेल बराबरी, महावीर पराजित

काठमाडौं । सहिद स्मारक सी डिभिजन लिगअन्तर्गत आइतबार भएको खेलमा खालिबारी युथ क्लब र स्यम्भु क्लबले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा लिएको अग्रता जोगाउन नसक्दा खालिबारीले स्पष्ट तीन अंक जित्न सकेन ।

आइतबार नै सोही मैदानमा भएको खेलमा खेलमा प्लानिङ व्बाइज युनाइटेड र सानेपा क्लबले पनि २-२ बराबरी खेल्दै अंक बाँडेका छन् ।

लिगअन्तर्गत आइतबार भएको अन्तिम  खेलमा मोफसलको झापा फुटबल क्लबले स्थानीय महाविर क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

वैशाख ९ गतेबाट सुरु भएको सी डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सिजनको समाप्तिमा शीर्ष दुई टोली बी डिभिजन लिगमा बढुवा हुँदा पुछारका दुई टोली घटुवा हुनेछन् ।